काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित गरेको छ।
यसको अर्थ यो होइन कि राष्ट्रपति ट्रम्पका विरुद्ध महाभियोग लगाउन अनुमति दिइएको छ । यसको आशय यो हो कि ट्रम्पका विरुद्धको छानबिन अब सार्वजनिक चरणमा पुगेको छ ।
डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे वा नरहेको कुराको यो पहिलो औपचारिक प्रयास थियो । व्हाइट हाउसले यो प्रस्तावको निन्दा गरेको छ । केबल दुईजना डेमोक्रेट सांसदले यस प्रस्तावको विरोधमा मत जाहेर गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक १५ शुक्रबार
Comments