काठमाडौं । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको तीन सवारी ठोक्किँदा दुई नेपालीको मृत्यु भएको छ । यस्तै दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । शनिबार राति १० बजे स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा तीन वटा गाडी ठोक्किँदा उनीहरुको मृत्यु भएको स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचले जनाएको छ ।
कोबी स्टिलवेलले हाँकेको कार विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो । यसैगरी स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा पनि बज्रिएको थियो ।
दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
अर्को गाडीमा सवार खालेब वाट्सन र स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनाको पनि उपचार भइरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २७ सोमबार
Comments