काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्याटोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् ।
अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो ।
आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका विषयमा जनतालाई प्रष्ट पार्दै यसबाट पर्नसक्ने प्रभावका बारेमा उल्लेख गरेका थिए । साथै उनले बिजुली कसरी बचाउने जस्ता विषयमा पनि सर्वसाधारणलाई जानकारी गराएका थिए ।
क्युबाको परराष्ट्र मन्त्रालयले ट्विटरको प्रतिबन्धलाई कडा शब्दमा निन्दा गर्दै यसले सत्यको पक्षमा बोल्ने क्रान्तिकारीको आवाज दबाउने प्रयत्न गरेको आरोप लगाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार
Comments