काठमाडौँ । उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनको उपस्थितिमा आइतबार नयाँ सुपर–लार्ज मल्टीपल रकेटको सफल परिक्षण गरेको खबर अन्तराष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । कोरियन केन्द्रिय न्यूज एजेन्सीले कोरियाली प्रशासनिक अधिकारलाई उद्र्धत गर्दैै परिक्षण गरेको दाबी गरेका छन् । यसपहिले उत्तरले शनिबार पनि मिसाइलको सफल परीक्षण गरेको थियो ।
अन्तराष्ट्रिय मिडियाले बताएअनुसार उत्तरले पूर्वी सागरमा मिसाइल परीक्षण गरेको थियो । दुवै बेलिस्टिक मिसाइल मध्यम दुरीसम्म मार हान्न सक्ने क्षमता भएको बताइएको छ । दक्षिण कोरियाली जोइंट प्रमुख अफिसरअनुसार दुवै मिसाइल ३८० किमि दुरी र ९७ किमि उचाईसम्म पुगेको थियो ।
अमेरिका–दक्षिण कोरियाबीच युद्धाभ्यास
अमेरिका र दक्षिण कोरियाबीच ५ अगस्टदेखि २० अगस्टसम्म युद्धाभ्यास भएको थियो । अमेरिका र दक्षिणबीच युद्धाभ्यास भएको क्षेत्रमा उत्तरले मिसाइल परीक्षण गरिरहेको बताइन्छ । अन्तराष्ट्रिय मिडियाले बताएअनुसार दक्षिण र अमेरिकाबीच भएको युद्धाभ्यासको विरोध स्वरुप उत्तरले हतियारको परिक्षण गरेको हो ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments