काठमाडौं । अन्तरिक्षको बारेमा अहिले पनि धेरै कुरा यस्तो छ जसको बारेमा जान्न अझै बाँकी छ । तर एउटा कुरा त पक्का छ त्यो के भने यदि हामी पृथ्वी छोडेर अन्तरिक्षमा गयौँ र त्यहाँ गएर कुनै अपराधजन्य काम गर्यौँ भने पृथ्वीमा भएकै नियम कानुन लाग्नेछ ।
नासा एक यस्तै आपराधिक घटनाको अनुसन्धान गरिरहेको छ । यो अपराध अन्तरिक्षमा भएको छ तर नासाले यसको जाँचबुझ गरिरहेको छ ।
एक अन्तरिक्ष यात्रीमाथि आरोप छ कि उनले अन्तरिक्षमा रहेका बेला आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने कोसिस गरेकी छन् । यो काम उनले नासाको इन्टरनेशनल स्पेस स्टेशनमा रहेका बेला गरेको आरोप लागेको छ ।
यदि आरोप प्रमाणित भएमा यो अन्तरिक्षमा भएको पहिलो अपराध हुनेछ ।
न्युयोर्क टाइम्सका अनुसार अन्तरिक्ष यात्री ऐन मैक्लेन ने इंटरनेशनल स्पेस स्टेशनबाट आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेको स्वीकार गरीसकेकी छन् । तर आफूले केही गलत नगरेको उनको दाबी छ ।
पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे उजुरी गरेका छन्। सन् २०१८ डिसेम्बरमा अन्तरिक्ष यात्रामा निस्किएकी म्याकक्लेन ६ महिनामा पृथ्वी फर्किएकी थिइन्। उनले वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहेरनरहेको थाहा पाउन खाता हेरेको बताएकी छन्।
सन् २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए। नियमअनुसार जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागू हुन्छ। यसअघि यस्तो कुनै अपराधको घटना भएको छैन। बिबिसी
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments