काठमाडौं । घानाका पुर्व फुटबलर जुनियर अगोगोको निधन भएको छ । सन् २०१५ मा फुटबलबाट सन्यास लिएका अगोगोको ४० वर्षको उमेरमा मृत्यु भएको हो । लामो समयदेखि ढाडको समस्याबाट पीडित उनको बिहीबार विहान लण्डनमा निधन भएको हो ।
इंग्लिस क्लब नटिङघम फरेष्ट र व्रिस्टोल रोभर्सबाट समेत फुटबल खेलेका उनले घानाका आफ्नो समयमा उच्चस्तरको स्ट्राइकरका रुपमा परिचय बनाएका थिए ।
उनले आफ्नो देशका लागि थोरै खेल खेलेपनि स्टार खेलाडीको नाम कमाए । घानाबाट २७ खेल खेल्दै १२ गोल गरेका थिए । घाना फुटबल एसोसिएसनले जुनियर अगोगोको निधनमा दुख व्यक्त गरेको छ ।
प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार
Comments