काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअ का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएकाछन् । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।
गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ।
रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ ।
प्रकाशित मितिः २०७६ साउन ६ सोमबार
Comments