काठमाडौं । भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता तथा दिल्ली भाजपाका पूर्वअध्यक्ष मांगेराम गर्ग र दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन भएको छ ।
मांगेरामको दिल्लीको बालाजी एक्सन अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । यस्तै दिल्लीकी पूर्व मुख्यमन्त्री शिलाको ८१ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
मांगेराम २००३ मा विधानसभामा पुगेका थिए । भारतीय कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी शिला १५ वर्ष दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन् । उनी केन्द्रीय मन्त्री पनि बनेकी थिइन् ।
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments