काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका गएका छन् । तीन दिनका लागि अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री खान र ट्रम्पबीच मंगलबार भेटवार्ता हुने पाकिस्तानी प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री खानको भ्रमण र त्यस क्रममा हुने ट्रम्पसँगको भेटवार्तापछि सम्बन्धमा सुधार आउने अपेक्षा पाकिस्तानको छ । उनले अमेरिकी कंग्रेसका चर्चित विधायक, कर्पोरेट व्यक्तित्व र पाकिस्तानी डायस्पोराबारे छलफल गर्नसक्ने बताइएको छ ।
खानसँगै विदेश मन्त्री शाह मेहमूद क्वीरेसी र पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासहितको टोली अमेरिका भ्रमणमा रहेका छन् । पाकिस्तानी पत्रपत्रिकाहरुका अनुसार इमरान खानको अमेरिका यात्राका लागि साउदी अरेबियाका युवराज क्राउन प्रिन्स मोहम्मद बिन सलमान एमबिएसको भूमिका महत्वपूर्ण छ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments