ताइवान । ताइवानमा आज दिउँसो भूकम्प गएको छ ।
स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेटमा ६.७ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो ।
भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments