काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन आसान्ज लन्डनमा पक्राउ परेका छन् । लन्डनमा रहेको इक्वेडरको दुतावासबाट बेलायत प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई अहिले हिरासतमा राखिएको र जतिसक्दो छिटो अदालतमा पेस गरिने वेष्टमिनिस्टर प्रहरीले जनाएको छ ।
सन् २०१२ देखि इक्वेडरको दुतावासमा शरणमा बसिरहेका उनी स्वीडेनमा यौन दुर्व्यवहार मुद्दा लागेपछि शरणमा बसिरहेका थिए । उनले अन्तर्राष्ट्रिय सन्धीहरुलाई लगातार उल्लंघन गरेपछि उनको शरण अन्त्य गरिएको इक्वेडरका राष्ट्रपति लेनीन मेरोनोले बताएका छन् । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार
Comments