धेरै अन्डा खादाँ मुटुमा असर परि मृत्यु हुने खतरा

0

काठमाडौं । अण्डालाई प्रोटिनको राम्रो स्रोत भनेर यसलाई दैनिक खान सुझाइन्छ । विशेषगरी, ब्रेकफास्ट बिहानको खाना मा । हिन्दीमा एउटा गीत नै छ ‘सन्डे हो या मन्डे, रोज खाओ अण्डे’ तर अण्डा खानु स्वास्थ्यका लागि ठिक छ कि बेठिक भनेर विज्ञहरुले वर्षौंदेखि अनुसन्धान गर्दै आएका छन् ।

एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार दिनमा दुईवटा मात्रै पनि अण्डा खाँदा यसले मुटुलाई हानी पुर्याउने र उमेर नपुग्दै मृत्यु हुने बताएको छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो ।

उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको ६वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो । अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन् ।

उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन् । दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो ।‘हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिस उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा मात्रै हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,’ अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न यूनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन् ।

यसअघि गरिएका अध्ययनहरूले अण्डा खानु र मुटुरोगको कुनै सम्बन्ध नरहेको देखाएकोमा यो नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ ।तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए । यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटि हुनसक्ने बताएका छन् ।

सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएको बारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ । अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको खान्की र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रुपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्।

‘यो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसङ्ख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ,’ लण्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्याण्डर्सले भने ।‘यसको सीमितता भनेको यो आहार लिने एउटै आकलन विधिमा मात्रै निर्भर छ ।’

त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त , अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन् ।उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो ।‘मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन,’ उनले भनिन् ।

‘म केवल मानिसहरूलाई ठिक्क मात्रामा खान भनिरहेको छु ।’टम स्याण्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन् ।‘औसतमा अमेरिकीहरूले दैनिक खाने कोलेस्ट्रोल करिब ६ सय मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने दुई सय २५ मिलिग्रामभन्दा धेरै बढी हो,’ स्यान्डर्स भन्छन्।

अण्डासम्बन्धी अन्तररासष्ट्रय निकाय इन्टरनेशनल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन् । जसले प्रत्येक वर्ष प्रति व्यक्ति दुई सय ५२ खान्छन् । तर त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो ।

तर प्रतिवर्ष प्रतिव्यक्ति तीन सय २८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।‘हप्तामा तीनदेखि चारवटा अण्डा खानु ठिकै हुन्छ,’ ब्रिटिश विज्ञले थपे । बीबीसी

प्रकाशित मितिः२०७५ चैत १० आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション