काठमाडौं । क्यानडाको न्यूफाउन्डल्यान्डमा रहेको एक भोड्का कम्पनीबाट चोरले ३० हजार लीटर पानी चोरेको छ । उक्त पानी गत वर्ष न्यूफाउन्डल्यान्डको हिमशिलाबाट निकालिएको यो पानी साधारण नभएको कम्पनीले जनाएको छ । यसको मूल्य १३ लाख ६० हजार रुपैयाँ पर्छ ।
शुद्धताका कारण यो पानी भोड्का तथा श्रृंगारिक उत्पादन बनाउनका लागि प्रयोग गरिन्छ । हिमसिलाबाट पानी निकालिने विषय खतरनाक भएको र यो अत्यन्त महँगो हुने कम्पनीका सीईओ डेभिड मायर्सले बताएका छन् । प्रहरीले यो घटनाको जाँच गरिरहेको छ । जुन किसिमबाट चोरी भएको छ , यो चोरी एक दिनमा मात्रै सम्भव नभएको प्रहरीले जनाएको छ ।
चोरलाई कम्पनीमा हिमशिलाको पानी राखिएको पहिलेदेखिनै थाहा भएको तथा चोरीमा कम्पनीका कुनै कर्मचारीको संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ । त्यो चोरले पानी नभइ भोड्का भन्ठानेर चोरेको हुन सक्ने प्रहरीले जनाएको छ । कम्पनीका सीईओ डेभिड मायर्सका अनुसार यो पानीलाई विशेष सुरक्षा दिएर राखिएको थियो । यो पानीको ट्यांकिसम्म पुग्नका लागि कैयौ लकको पासवर्ड खोल्नुपर्छ । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार
Comments