काठमाडौं । क्यानडाको ह्याली फाक्स क्षेत्रको एक घरमा आगलागी भएको छ ।
आगलागीमा परी ७ जना बालबालिकाको मृत्यु भएको र अन्य दुई व्यक्ति पनि घाइते भएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा ४ महिना देखि १५ वर्ष उमेरका बालबालिका रहेको प्रहरीले बताएको छ ।
सो घरमा एक सिरियाली शरणार्थीको परिवार बस्ने गरेको जानकारी भएपनि मृत्यु हुनेको पहिचान हुन सकेको छैन । एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार
Comments