काठमाडौं । पाकिस्तानले चीनलाई एक लाख किलो कपाल बेचेको छ । पाकिस्तानले चीनमा पाँच वर्षमा लगभग डेढ करोड रुपैयाँ बराबरको एक लाख किलोग्राम मानव कपाल बिक्री गरेको छ ।
केहि समय यता चीनमा सौन्दर्य प्रसाधन व्यवसाय फष्टाउँदै जाँदा मानव कपालको माग ह्वात्तै बढिरहेको छ । स्थानीय स्तरमा हेयर एक्सेसोरिज उत्पादन घटेका कारण चीनले मानव केश आयात गरिरहेको हो ।
भर्खरै पाकिस्तानको वाणिज्य मन्त्रालयले संसद्लाई त्यससम्वन्धी जानकारी दिएको हो । सो जानकारी अनुसार पछिल्लो ५ वर्ष अवधिमा पाकिस्तानबाट चीनमा एक लाख ५ हजार ४ सय ६१ किलोग्राम कपाल निर्यात गरेको हो ।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
Comments