काठमाडौं । कोलम्बियाको राजधानी बोगोटामा कार बम विस्फोट हुँद ९ जनाको मृत्यु भएको छ। ३८ जना गम्भीर घाइते भएका छन् । बोगोटा सहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर विस्फोट भएको बीबीसीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार तिब्र गतिमा आएको एक कारलाई चेक प्वाइन्टमा सुरक्षाकर्मीले रोक्न खोज्दा ड्राइभरले कारको गति बढाएपछि पर्खालमा ठोक्किएको थियो। ठोक्किएलगत्तै कार विस्फोट भएको हो। उक्त विस्फोटको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन्। एजेन्सी
प्रकाशित मितिः २०७५ माघ ४ शुक्रबार
Comments