काठमाडौं ४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियन समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । बीबीसीले ट्रम्पको प्रेस सेक्रेटरीलाई उद्धृत गर्दै शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न ट्रम्पले रसियन राष्ट्रपति पुटिनलाई निम्तो पठाएको जनाएको छ ।
ट्रम्पकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एक ट्वीट गर्दै विगतदेखि नै भ्रमणबारे छलफल भइरहेको जनाएकी छन् । दुई नेताबीच गत सोमबार फिनल्यान्डमा भेटवार्ता भएको थियो ।
भेटवार्तापछि आयोजित प्रेस मिटमा ट्रम्पले व्यक्त गरेका भनाइ विवादमा आएको थियो । ट्रम्पले २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनेर जासुसी संस्थाहरुले दिएको रिपोर्ट गलत भएको बताएका थिए । त्यसको चर्को आलोचना भएपछि ट्रम्पले भोलिपल्टै आफूले त्यसो भन्न नखोजेको स्पष्टीकरण दिएका थिए । एजेन्सी
Comments