भारत, १ असार । जम्मु कश्मीरमा भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकको गोली हानी हत्या भएको छ ।बिबिसीका अनुसार राजधानी श्रीनगरमा हिजो साँझ सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको हो ।
प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै गर्दा अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो ।
मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको समाचारमा जनाइएको छ । गोली प्रहारबाट उनका निजी सुरक्षाकर्मीकोसमेत ज्यान गएको छ ।
अहिलेसम्म कसैले हत्याको जिम्मा नलिए पनि काश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ ।
राइजिङ कश्मीरका सह–सम्पादक इश्फाक नसीमले बुखारीको मृत्यु भएको पुष्टि गरेका छन् । जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्या भएको खेद प्रकट गर्दै दुस्ख व्यक्त गरेकी छिन् । (एजेन्सी)
Comments