भारत, ३ जेठ । भारतको दक्षिणी राज्य कर्नाटकमा भारतीय जनता पार्टीले सरकार बनाएको छ । आज बिहान ७५ वर्षीय बिएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका छन् । यदियुरप्पाले १५ दिनभित्र विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनु पर्नेछ ।
वैशाख २९ गते विधान सभाका २२४ मध्ये २२२ मा मतदान भएको थियो । सो चुनावमा भाजपाले १०४, कंग्रेसको ७८ र जनता दल (सेक्युलर) ले ३७ सिट जितेका थिए । अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् ।
सरकार बनाउन ११२ सिटको आवश्यक पर्छ । कर्नाटकमा भएको विधानसभा निर्वाचनमा भाजपा १०४ सिट जित्दै सबैभन्दा ठूलो दल बनेपनि बहुमत पुर्याउन भने ८ सिट कम भएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री यदुरप्पाले आजबाट १५ दिनभित्र बहुमत देखाउनु पर्ने छ । भाजपासँग बहुमत नभए पनि ठूलो पार्टीको हैसियतले सरकार बनाएको हो ।
कर्नाटकमा भाजपाका येदियुरप्पा बने मुख्यमन्त्री
0
Share.
Comments