६ बैशाख । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । स्थानीय समयानुसार हिजो अपराह्न १ बजेर २८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको त्यहाँको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले आज जानकारी दिएका छन् ।
प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।
यस भूकम्पका कारण ३१६ घर, चार मस्जिद र दुई वटा विद्यालय भवन क्षतिग्रस्त भएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार १०४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
भूकम्पको केन्द्रबिन्दु चार किलोमिटरमात्र गहिराइमा नै रहेको हुनाले बढी क्षति भएको बताइएको छ ।(एजेन्सी)
इन्डोनेसियामा भूकम्पमा परी २ को मृत्यु, सयौं घर भत्किए
0
Share.
Comments