६ बैशाख । क्यूबाको नयाँ नेताका रुपमा मिगेल डियाज कनेल चुनिएका छन् । देशको नयाँ नेताका लागि संसदमा भएको चुनावबाट मिगेल निर्वाचित भएका हुन् ।
कम्युनिस्ट पार्टीको बोलवाला रहेको क्यूबामा संसदबाट नेता छनोट गर्ने र राष्ट्रियसभाबाट राष्ट्रपति चुन्ने प्रचलन छ ।
अब त्यहाँको राष्ट्रियसभाले निर्वाचनको प्रक्रिया पूरा गरेसँगै कनेल औपचारिक रुपमा राष्ट्रपतिमा चुनिने छन् ।
क्यूबाका राष्ट्रपति राउल क्यास्ट्रोका दाहिने हातका रुपमा लिइने कनेललाई अघि सारेपछि यसलाई क्युवामा क्यास्ट्रो वंशको अन्त्यका रुपमा चित्रण गरिएको छ ।
वंश परम्पराको अन्त्य गराएका राउल क्यास्ट्रो पार्टीको एक प्रभावशाली नेताका रुपमा रहने अनुमान गरिएको छ । बताइए अनुसार, उनी कम्युनिस्ट पार्टीको अर्को महाधिवेशनसम्म प्रमुखका रुपमा रहनेछन् । कम्युनिस्ट पार्टीको अर्को महाधिवेशन सन् २०२१ मा हुनेछ ।
राउल सन् २००६ मा दाजु फिडेल क्यास्ट्रो अस्वस्थ भएपछि उनको स्थान लिन सफल भएका थिए । फिडेलको ९० वर्षको उमेरमा सन् २०१६ मा निधन भइसकेको छ ।(एजेन्सी)
क्यूबाको नयाँ नेताका रुपमा मिगेल, क्यास्ट्रो युग अन्त्य
0
Share.
Comments