२८ फागुन । अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका छन् । अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै त्यसमा रहेका जोखिमलाई ट्रम्पले बुझेको बताएका छन् ।
फक्स समाचार संस्थासँग हिजो कुरा गर्दै नाटकका लागि नभई समस्या समाधान गर्न ट्रम्पले वार्ता गर्न लागेको उनले बताए । राष्ट्रपति ट्रम्पले शिखर बैठकले विश्वका लागि महान सम्झौता दिलाउन सक्ने बताएका छन् ।
तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अहिलेसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन् । दक्षिण कोरियाली दूतहरुले उत्तर कोरियाली नेता वार्ताका लागि इच्छुक रहेको खबर बिहीवार ल्याएपछि आफ्नै प्रशासनका उच्च अधिकारीलाई समेत आश्चर्यमा पार्दै ट्रम्पले वार्तामा बस्न आफू तयार रहेको बताएका थिए ।
उत्तर कोरियालाई परमाणू अस्त्रबाट मुक्त गर्ने हिसाबमा सन् २००३ यता भएका वार्ता विफल भएका थिए । (एजेन्सी)
अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा सुरक्षाकाे चुनौति
0
Share.
Comments