यसरी सुरु भयो सिरिया युद्ध, कुन देशको स्वार्थ के? किन फस्यो गृहयुद्धमा

0

एजेन्सी १६ फागुन – सिरिया युद्ध र त्यसले निम्त्याएको भयावह स्थिति झल्काउने तस्बिर यतिबेला सामाजिक संजाल र विश्वभरका मिडियामा भाइरल बनेका छन् । युद्धको चपेटमा परेका बालबालिकाको हृदयविदारक तस्बिरले धेरैलाई स्तब्ध पारेको छ भने तिनै तस्बिर प्रकाशित गर्दै युद्धरत पक्षलाई जिम्मेवार बन्न र मानवीयता नभुल्न सचेत गराइएको छ ।

युद्ध बिराम भंग गर्दै पछिल्ला दिन सिरियामा भएका हमला र त्यसबाट मारिएका, घाइते र विस्थापितको अवस्थाले विश्वको ध्यान तानेको छ । सिरिया सरकारले एकतर्फी युद्ध बिराम भंग गरेको र त्यसमा अमेरिकी सरकारको समेत साथ रहेको भन्दै चर्को आलोचना भएको छ । युद्धबाट प्रभावित बालबालिकाका हृदयविदारक दृश्यहरू सामाजिक संजालमा छ्यप्छ्याप्ति छन् । कतिपय तस्बिरहरू पुराना भएपनि अहिलेकै ताजा तस्बिर जस्तो गरेर पनि प्रस्तुत गरिएका छन् ।

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामकरुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १०० जनाभन्दा बढी बालबालिका पनि परेका छन् ।

नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो । मानवअधिकारबादीले मानवीय सहायता पुर्याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन ।

बमबारीमा परी सयौँ मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकै पहलमा यो निर्णय लिइएको त्यहाका सञ्चार माध्यमले जनाएका छन् । खासगरी उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौँ नागरिकलाई सहायता सामाग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ।

सिरियाको समस्याः

सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए । अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मार्चमा पश्चिम सिटी डेरामा प्रजातन्त्रको पक्षमा आन्दोलनहरु चर्कन थाले ।
तर, सानो आगोको झिल्का देशभर फैलन समय लागेन । सरकारले आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेपछि सिरियाका जनता सबै सडकमा उत्रिन थाले । उनीहरुले राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्कोतर्फ बसर आफ्नो पद जोगाउन राजनीतिक खेलमा व्यस्त देखिन्थे । आन्दोलनले कडा रुप लिन थालेपछि विपक्षी समर्थकहरुले हतियारको सहारा लिन थाले । सुरुमा त हतियार आत्मरक्षाका लागि प्रयोग गरियो तर, पछि यसको प्रयोग सुरक्षा फौजहरुलाई आफ्नो क्षेत्रबाट भगाउन प्रयोग गर्न थालियो । तर, बसरले पनि कसम खाँदै भने,‘म विदेशी शक्तिको भरमा उम्लिएको आतंकवाद निमाश पारेरै छोड्नेछु ।’ विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।

विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो । यो असाद र विद्रोही पक्षको मात्र युद्ध रहेन । सिरियामा जब क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु, इरान, रसिया, साउदी अरेबिया र अमेरिकाले सहितले आक्रमण गरे त्यसपछि लाखौको संख्यामा मानिसको ज्यान जान सुरु भयो । बसरको सरकारलाई सैन्य, आर्थिक तथा राजनैतिक सहयोग मिलेपछि सिरियामा युद्धले अर्को भयानक रुप लियो ।

विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र रची आतंकवादी संगठनहरुलाई फुटाउने तथा उनीहरुलाई आक्रमण गराउन मदत गर्ने काम समेत गरे । जिहादी संगठनहरु पनि विभिन्न समुहमा बनाइ अगाडि बढ्न थाले । आंतकवादी संगठनहरुले पनि क्षेत्र विभाजन गरेर आफ्नो नियन्त्रणमा लिने योजना बनाउँदै अगाडि बढे । हायत ताहिर अल–साम, यो आतंकवादी संगठन अल कायदासँग अनुबन्धित रहेको थियो, यसले उत्तर–पश्चिम राज्यमा नियन्त्रण बनाइ बस्ने काम गरेको थियो । विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा छ । उत्तरी र पूर्वी सिरियामा आफ्नो बर्चस्वका कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ । आइएस अमेरिका र रसियाको समेत प्रमुख निशानमा रहेको छ । हजारौको संख्यामा सिया मिलिसियाहरु इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा आइ युद्ध लडिरहेका छन् । धर्म रक्षाको लागि युद्ध गरेको उनीहरु बताउँदै आइरहेका छन् ।

गृहयुद्धको सुरुवातः

मध्यपूर्वस्थित सिरिया भौगोलिकरुपमा सानो देश हो, जुन आकारमा नेपालभन्दा थोरै ठुलो छ, जसको क्षेत्रफ़ल करिब १ लाख ८५ हजार वर्ग किलोमिटर छ। नेपालकै हाराहारीमा जनसंख्या भएको यस मुलुकको सिमाना टर्की, इराक, जोर्डन, इजराइल र लेबनानसँग जोडिएको र यहाँ बस्ने बहुसंख्यका मानिसहरु सुन्नी मुस्लिम हुन्। सिरिया सन् १९४६ मा फ्रान्सको उपनिवेशबाट मुक्त भएको थियो ।
सिरियाको युद्ध, लामो समयदेखि सत्तासिन असद सरकारका बिरुद्ध प्रजातन्त्रको मागगर्दै गरिएको सानो प्रदर्शनबाट सुरु भएको हो । असद परिवारले सन् १९७१ बाट सत्ताको बागडोर एकतर्फी रुपमा सम्हाल्दै आइरहेको छ । सन् १९७० मा तत्कालिन रक्षामन्त्री हफेज अल(असदले सैनीक कु मार्फत सत्ता कब्जा गरेपछि लगातार ३० वर्ष ९सन् २००००सम्म सत्तामा रहे। हफेजको मृत्युपछि सन् २००० बाट हालसम्म उनका कान्छा छोरा बसर अल असद सत्ता प्रमुकको रुपमा कायम छन्।

सन् २०१० तिर कयौ अरब मुलुकहरुमा त्याहाँका तानाशाही शासकहरुका बिरुद्ध चलेको आन्दोलनको लहरले सिरियालाई पनि छोयो। यहि क्रममा असद सत्ताका बिरुद्ध नारा लेखे बापत ६ मार्च, २०११का दिन केहि किशोरहरुलाई जेलमा थुनियो र केहीको त्यहि क्रममा मृत्यु भयो। यहि घटना नै सिरियाको भयानक गृहयुद्धको जड हो। सत्ताले बल प्रयोग गरी निहत्था किशोरहरुको हत्या गरेपछि त्यहाँ तत्कालै सरकारका बिरुद्ध ठुला ठुला प्रदर्शनहरु सुरु हुन थाले, र सिरियाको आर्मीले बालक प्रयोग गरी कयौ जनाको हत्या गरेपछि त्यस खालका प्रदर्शनहरु देशव्यापीरुपमा फैलिन थाले र शान्तिपूर्ण प्रदर्शन सशस्त्र बिद्रोह परिणत हुने क्रम सुरु भयो। यहि क्रममा सत्ता पक्षबाट हुने सामुहिक हत्या तथा दमनको प्रतिकार गर्ने किसिमले स्वतन्त्र सिरियाली सेना FSA नामको सशस्त्र संगठन स्वःस्फुर्तरुपमा गठन भयो। तर कुनै प्रस्ट राजनैतिक नीति तथा संगठित नेतृत्वको अभावमा यो संगठन परिणाममुखी हुन सकेन र र सरकार बिरोधी विद्रोह अनेक देशी (बिदेशी शक्ति तथा धार्मिक अतिवादीहरुको स्वार्थको शिकार हुन पुग्यो।

किन विश्वका शक्तिशाली देशहरु सिरियामा आक्रमण गरिरहेका छन् । राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मदत गर्न खाजेको थियो । आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मदत गरेको थियो । मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो । तर, अधिकारकर्मीहरुले भने,‘रसियाले पश्चिम समर्थित विद्रोही संगठनहरुलाई आक्रमण गर्यो ।’

६ महिनापछि रसियाका राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे । सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो । सिया शक्ति रहेको इरानले अर्बौ रुपैयाँ यस युद्धमा खर्चेको छ । अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो । हतियार पनि सहजरुपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ट्रान्सफरमा समेत मदत गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार हजारौको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरुलाई पनि पठाएको थियो । असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे । सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो । इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख ट्रान्जिट पनि सिरिया नै रहेको थियो । जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौ सेना सिरिया पठाएको थियो ।
उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेदार राष्ट्रपति असाद भएको बताएको थियो । उनले सिमित मात्रामा सैन्य सहयोग गरेको र आतंकवादीसँग अत्याधुनिक हतियार भएको बताउँदै आएका थिए ।

सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो । पहिलो आक्रमणमा अमेरिकाले एयरबेसमा गरेको थियो । पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो । साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिंदै आइरहेको छ । विद्रोही पक्षलाई समर्थन गर्दै आइरहेको टर्कीले कुर्दिस पपुलर प्रोटेक्सन युनिटलाई मिलिसिया सहयोग गर्दै आइरहेको छ ।

सिरियालाई आधार बनाएर गरिएको अन्तर्राष्ट्रिय राजनीति यस्तो छः

१, अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका सम्मिलित नेटो सैनिक परस्पर विरोधमा छन् । अर्को शक्तिका रुपमा आतंककारी सैन्य दस्ता आइएस छ ।

२, रुसको स्पष्ट योजना सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्तामा टिकाउनेछ । यस काममा उसले प्रत्यक्ष रुपमा इरान र अप्रत्यक्ष रुपमा चीनको साथ लिएको छ ।

३, अमेरिकाको योजना कुनै हालतमा सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउनेछ । असदलाई सत्ताबाट हटाएपछि आफू अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने र त्यसपछि सिरियासँग विभिन्न सम्झौता गरेर तेल खानीमा नियन्त्रण राख्ने अमेरिकाको योजनामा बेलायतको साथ छ । त्यसका लागि सिरियामै फ्रि सिरियन आर्मी नामक सैन्य दस्ता खडा गरेर अमेरिकाले आन्दोलन भड्काएको छ । तर, बेलायत बाहेक अमेरिका सम्मिलित नेटो गठबन्धनकै अन्य राष्ट्र पूर्णरुपमा अमेरिकाको योजनाको पक्षमा छैनन्, स्वार्थ सबैको फरक छ । आइएसमाथि आक्रमण गर्ने बहानामा सिरिया छिरेको रुस अमेरिकाको अप्रत्यक्ष सहयोगमा सञ्चालित तिनै विद्रोहीमाथि खनिएको छ ।

४, नेटो गठबन्धनको अर्को राष्ट्र फ्रान्स यसअघि बसर अल असदले सत्ता छाड्नुपर्ने अडानमा थियो । तर पेरिस हमालापछि फ्रान्सले केवल आईएसलाई निसाना बनाएको छ । उसको पहिलो तारो आइएस र त्यसपछि मात्रै बसर अल असद हुन् ।

५, नेटो गठबन्धनको अर्को राष्ट्र टर्कीको निसानामा सिरियाली संगठन कुर्द र त्यसलाई प्रश्रय दिने राष्ट्रपति बसर अल असद छन् । आईएससँग टर्कीको खास दुश्मनी छैन । कतार, युएई र साउदी अरेबिया आईएसलाई भित्री रुपमा सहयोग गरिरहेका छन् । उनीहरूको उद्देश्य आईएसमार्फत इरानलाई सिध्याउने बुझिन्छ ।

६, कतार, साउदी र टर्कीजस्ता देशको योजना असफल बनाउन इरान बसर अल असदलाई टिकाउन चाहन्छ । त्यसैले रुसलाई इरानले खुलेर साथ दिएको छ ।

७, अहिले सिरियामा बसर अल असदले लेबनानको हिजबुल्लाह संगठनको पनि साथ लिएका छन् । यसबाहेक सिरियामा सिया र सुन्नी समुदायबीच पनि युद्ध जारी छ ।

८, सबै घटनाक्रम र आपसी विवादको फाइदा लिएर आईएस अघि बढ्दै छ । आईएसका प्रमुख अबु बकर अल बगदादीले इराक र सिरियाका थुप्रै भू–भाग कब्जामा लिएका छन् । प्रमुख तेल खानीहरू कब्जामा लिएको आईएस संसारकै शक्तिशाली आतंककारी संगठन मानिन्छ ।

९, सिरियामा जारी द्वन्द्वपछि अन्तर्रा्ष्ट्रिय शक्तिबीच ध्रुवीकरण बढ्दो छ । बसर अल असदलाई हटाउने सन्दर्भमा टर्की, अमेरिका, बेलायत र फ्रान्स एकजुट देखिन्छन् । जहा जसको स्वार्थ लुकेपनि यसरी निहत्था जनताको ज्यान लिनु पक्कै पनि राम्रो होइन ।

पश्चिमा शक्तिहरुको स्वार्थः

असदको सत्तासँग स्वार्थ पुरा नभएका र पश्चिमा खुला पुँजीबादी अर्थतन्त्र तथा प्रजातान्त्रिक पद्दतिका अनुवाइहरु र त्यहाँको पुरानो विपक्ष पार्टी मुस्लिम ब्रदर हूडका बिच नयाँ गठबन्धनको उदय भयॊ जसको नाम सिरियन नेसनल काउन्सिल हो । त्यस गठबन्दनको उदय पश्चात अमेरिका तथा उसको गठबन्दनलाई सिरियामा हस्तक्षप गर्ने आधार पनि तयार भयो। यो गठबन्दनको अमेरिकिहरुसँग बलियो सम्बन्ध स्थापित थियो र पश्चिमाहरुले यस गठबन्धनलाई आफ्ना एजेण्डाहरू सिरियामा लागु गराउनका लागि हतियारको रुपमा प्रयोग गरेको देखिन्छ। यो कुरा किन पनि पुष्टि हुन्छ भने, क्ल्ऋ ले लगातार पश्चिमाहरुसँग सिरियामा बहिए हस्तक्षपको लागि आग्रह गरिरह्यो ।
मौका पर्खिरहेका पश्चिमा राष्ट्रहरु अमेरिकाको नेतृत्वमा सेप्टेम्बेर १०१४ देखि प्रत्यक्षरुपमा सामेल भएका थिय । यस गठबन्धनमा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया, बहराईन, क्यानाडा, टर्की, साउदी अरेबिया, कतार, जोर्डन लगाएतका मुलुकहरु सामेल छन् । यो गठबन्धनको उद्देश्य सिरियामा तिब्ररुपमा फैलिरहेको अतिबादी समूह आइ यस आइ यस का बिरुद्ध लड्ने भने तापनि असद सत्ताका बिरुद्ध बढी केन्द्रित थियो।

त्यसो त अमेरिकाले पहिलेदेखि नै असद सत्ताका विरुद्ध लडिरहेका सशस्त्र समूहरुलाई आर्थिक तथा भौतिक रुपमै सहयोग गर्दै आइरहेको थियो। यसरी पश्चिमा राष्ट्रहरुको प्रमुख उद्देश्य सिरियामा त्यहाँका बहुसंख्यक जनसंख्याको मागअनुसार प्रजातन्त्र तथा विधिको शाषणको स्थापना नभई, असदको सत्ता गिराई शासन प्रजातन्त्रको नाममा इराक तथा अफगानिस्थान जस्तै उनीहरुको कठपुतली तथा पुँजीबादी शासन थोपर्ने छ।

पश्चिमा शक्तिहरुको स्वार्थः

सन् २०१३ को मध्यतिरबाट इस्लामिक कट्टरपन्थी समूह इस्लामिक स्टेट ९क्ष्क्क्ष्क्० सिरियामा सक्रिय हुन थालेको थियो। तिब्र गतिमा सफलता पाएको यस समुहले सन् २०१४ को वसन्तसम्ममा सिरियाको करिव एक तिहाई भू(भाग कब्जा गरेको थियो। यस समुहमा सिरियाभन्दा पनि बाहिरका लडाकुहरु रहेको मानव अधिकारवादी समूहहरुको दाबी छ। यस कट्टरपन्थी समुहले विशेष गरेर भू(भागहरु कब्जा गर्ने, त्यहाँ रहेका प्राकृतिक श्रोतहरु जस्तै खनिज तेल तथा ग्यास कब्जा जमाउने रहेको देखिन्छ। यो समुह धार्मिक आतिबादी समूह हो र यसको मुख्य निशाना गैर इस्लाम जनता, लडाकु समूह तथा सत्ता हुने गरेको छ।

युद्धको असरः

युएनको रिपोर्टका अनुसार बितेको पाँच वर्षमा २ लाख ५० हजार मानिसहरुको ज्यान गइसकेको छ । सन् २०१५ पछि युएनले उक्त रिपोर्टबारे अपडेट भने गरेको छैन । युकेमा रहेको एक सर्वेक्षण समुहले सन् २०१६ सम्ममा ३ लाख २१ हजारको ज्यान गएको बताएको थियो । ५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

अर्को रिपोर्ट अनुसार भने सन् २०१६ को फ्रेबुअरीमा ४ लाख ७० हजारको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको थियो । ५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो । १० प्रतिशत शरणार्थीहरु सुरक्षितरुपमा युरोप पुगेका थिए, ६३ लाख सिरियाली जनता भने बे(घरवार भएका छन् । ८५ प्रतिशत सिरियाली जनता गरिबीको रेखामुनि रहेका छन् ।

कसको शक्ति कति

संसारमा सैन्य बलका हिसाबले अमेरिका विश्वमै नम्बर एक छ । दोस्रो नम्बरमा रहेको रुस हतियार उत्पादनमा माहिर मानिन्छ । जनसंख्याको हिसाबमा चीनसँग अमेरिकापछि सबैभन्दा धेरै सैनिक छन् । रोचक कुरा भारत सैन्य शक्तिमा चौथो नम्बरमा आउँछ । कुनै समय रुससँग हतियार खरिद गर्ने भारत अहिले तत्काल कुनै पक्षमा पनि खुलेर लागेको छैन । बेलायत, फ्रान्स र जर्मनी त्यसपछिका ठूला सैन्य शक्ति हुन् । टर्की, दक्षिण कोरिया र जापानको नाम यसपछि आउँछ ।

आणविक राष्ट्रमध्ये अहिले बेलायत र अमेरिका प्रस्ट रुपमा एक कित्तामा छन् । अर्को कित्तामा चीन र रुस छन् । यसबाहेक फ्रान्स, पाकिस्तान र उत्तर कोरिया पनि आणविक राष्ट्र हुन् । धेरै विज्ञले अब विश्वयुद्ध भइहाले त्यो आणविक युद्ध हुने बताएका छन् । यस्तो परिस्थितिमा भयावह युद्ध भए संसारले कल्पना नै नगरेको क्षति व्यहोर्नुपर्नेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション