एजेन्सी, ५ माघ । पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या भएको छ । उनीहरु आमाछोरी रहेको पाकिस्तान प्रहरीले जनाएको छ । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन् ।
प्रहरीका अनुसार बलुचिस्तानमा भइरहेको पोलियो उन्मूलन अभियानमा सक्रिय उनीहरुलाई पोलियोको थोपा खुवाइरहेका बेला मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गरेका थिए ।
आक्रमण कसले गर्यो भन्ने बारे खुलेको छैन । पोलियो थोपा विरुद्ध विद्रोही समूहले गराइरहेका यस्ता घटनाले पाकिस्तानसहित नाइजेरिया र अफगानिस्तानलाई पोलियो मुक्त राष्ट्र घोषणा गर्न नसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पाकिस्तानमा पोलियो खोप खुवाउँदै गरेका दुई स्वयंसेविकाको हत्या
0
Share.
Comments