एजेन्सी, ३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्तिष्क स्वास्थ्य राम्रो रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका डाक्टरले बताएका छन् । ट्रम्पले ज्ञान सम्बन्धी परीक्षणमा राम्रो प्रदर्शन गरेको र उनको स्नायु प्रणाली पनि राम्रो रहेको ह्वाइट हाउसका डाक्टर रुनी ज्याक्सनले बताएका हुन् ।
गएको हप्ता ट्रम्पको तीन घण्टा लगाएर स्वास्थ्य परीक्षण गरिएको थियो । गएको वर्ष राष्ट्रपति बने यता उनको पहिलो पटक स्वास्थ्य परीक्षण गरिएको हो । पत्रकार माइकल वुल्फीले देखेको विवादास्पद पुस्तक फाइर एण्ड फ्युरीमा ट्रम्प प्रशासनका धेरैले ट्रम्पको मानसिक स्वास्थ्यमा प्रश्न उठाए पछि राष्ट्रपतिको मानसिक स्वास्थ्यका विषयमा चर्चा भएको हो ।
हिजो भएको ह्वाइट हाउस ब्रिफिङको क्रममा डा. ज्याक्सनले पत्रकारसँग राष्ट्रपति ट्रम्पको समग्र स्वास्थ्य राम्रो रहेको बताएका हुन् । स्वास्थ्य परीक्षणबाट ट्रम्पको स्वास्थ्य राम्रो रहेको र कार्यकालभरि राम्रो हुने देखिएको डाक्टरले बताएका छन् । ७१ वर्षका ट्रम्पले कम फ्याट भएको खाना र बढी व्यायाम गरेमा स्वास्थ्यलाई राम्रो हुने पनि डाक्टरले बताएका छन् ।
ट्रम्पको मानसिक स्वास्थ्यमा खराबी छैन : डाक्टर
0
Share.
Comments