एजेन्सी, २ पुस । होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ । होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सहित सबैको मृत्यु भएको बताइएको छ । सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए ।
उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको र पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताइएको छ । राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् ।
राष्ट्रपतिकी बहिनीसहित ६ को हेलिकप्टर दुर्घटनामा मृत्यु
0
Share.
Comments