एजेन्सी, २९ मंसिर । फ्रान्समा रेल र एक स्कुल बस आपसमा जुध्दा चार बालबालिकाको मृत्यु भएको छ । फ्रान्सको दक्षिणी क्षेत्र पेर्पिङ्यानमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । १३ देखि १७ वर्षसम्म विद्यार्थी लिएर गुडेको बस रेलसँग जुधेको हो । रेलसँग जुधेको स्कुल बस दुई टुक्रा भएको छ ।
रेलमार्ग हुँदै बाटो काट्ने क्रममा बसलाई तीब्र गतिमा आएको रेलले ठक्कर दिएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।
रेल र एक स्कुल बस आपसमा जुध्दा चार बालबालिकाको मृत्यु
0
Share.
Comments