एजेन्सी, २७ मंसिर । इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार हिजो दिउँसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन ।
भूकम्पको धक्कापछि घरभित्र बसिरहेका तथा व्यवसायमा सम्लग्न मानिस भागेर सुरक्षित स्थानतर्फ गएका आइआरएनए न्यूज एजेन्सीले बताएको छ । भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका थिए । स्थानीयबीच भूकम्पको त्रासका कारण आज पनि विद्यालय बन्द रहने बताइएको भएका छन् । भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ ।
करिब १० किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्रविन्दु ३०.७५४ डिग्री उत्तरी अक्षांश र ५७.३१५ डिग्री दक्षिणी देशान्तरमा रहेको इरानी भुगर्व विज्ञान केन्द्रले जनाएको छ ।
इरानमा ६.२ म्याग्निच्युडको भूकम्प
0
Share.
Comments