एजेन्सी, २ भदौ । स्पेनको बार्सिलोनामा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको छ । त्यहाँको आक्रमण रोक्न प्रहरीले कैयौं गोली चलाएको छ र केही व्यक्ति मारिएका छन् । प्रहरीले मानिसहरुलाई सडक क्षेत्रबाट टाढै रहन अपिल गरेको छ ।
यसअघि बार्सिलानाको पर्यटकीय क्षेत्र लास राम्बलास क्षेत्रमा मानिसहरुको भिडमा कार आक्रमण भएको थियो । आक्रमणकारीले मानिसहरुको भिडमा लगेर कार जोताएका थिए । सो आक्रमणमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा स्लामिक स्टेटको संलग्नता रहेको अनुमान छ ।
स्पेनका प्रधानमन्त्री मारियानो रखायले यो ‘जेहादी आक्रमण’ भएको बताएका छन् ।
बार्सिलोनामा भएको आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । उक्त आक्रमण आफ्नो सेनाले गरेको दावी इस्लामिक स्टेटले गरेको छ ।
बार्सिलोनामा आतंकवादी हमला, १३ को मृत्यु
0
Share.
Comments