एजेन्सी, १ भदौ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । एजेन्सी, १ भदौ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ ।
प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन् । उनले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताएका हुन् ।
यसअघि गत महिनामात्र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको थियो । त्यस समय पनि उनले सो वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर सो प्रस्ताव हाल भने अघि बढ्न सकेको छैन । त्यसको महिनादिन पछि आज दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेका हुन् ।
आज राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गरेको सम्बोधनमा उनले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हलगर्न सकिने प्रस्ताव गरेको बुझिएको छ ।
Comments