एजेन्सी, ३१ साउन । सिएरा लियोनको राजधानी फ्रिटाउनमा भिषण बाढी तथा पहिरोमा परी ३०० जना बढीको मृत्यु भएको छ भने केही अझै वेपत्ता रहेका छन् ।
स्थानीय समय अनुसार हिजो सबेरै पहिरो गएका बेला धेरै मानिस सुतिरहेकाले मृत्यु हुनेको संख्या बढी भएको हो । पहिरोमा अरु धेरै मानिस पुरिएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका छ । त्यहाँका अधिकारीका अनुसार अझै कैयौं शवहरु भग्नावशेषमा पुरिएको हुनसक्ने आशंका गरिएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।
राष्ट्रपति अरनेष्ट बाइ कोरोमाले टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रिय विपद्को सामना गर्न एउटा आपतकालिन केन्द्र सञ्चालनमा ल्याइएको बताएका छन् ।
रेडक्रसले करिब ३ लाख मानिसहरुले आफ्नो घरबार गुमाएको जनाएको छ ।
सिएरा लियोनमा पहिरोमा परी ३ सयको मृत्यु
0
Share.
Comments