काठमाडौं । प्रिमियर लिग क्लब लेस्टरका मिडफिल्डर युरी टिलेमान्सले क्लब छाड्ने भएका छन् । बेल्जियम मिडफिल्डर युरीले सामाजिक संजालबाट आफुले क्लब छाड्ने घोषणा गरेका छन् ।
लेस्टरका लागि युरीले १ सय ९५ खेल खेलेका छन् । जसमा २८ गोल गरेका छन् । युरीको सम्झौता यसै समरमा सकिदैछ । २६ वर्षीय मिडफिल्डर २०१९ मा मोनाकोबाट लेस्टर आएका थिए । बेल्जियमका लागि युरीले ५८ खेलमा ५ गोल गरेका छन् । एजेन्सी
Comments