काठमाडौं । अमेरिकी सरकारले गत बुधबार युक्रेनलाई एम-१ अब्राम ट्याङ्क दिने निर्णय गरेको छ। तर बाइडेन प्रशासनको यो निर्णयले विगत केही महिनादेखि रुस र युक्रेनबीच जारी युद्धको अर्को चरणलाई असर गर्ने छैन।
बाइडेन प्रशासनले यी ट्याङ्कहरुलाई युक्रेन पठाउने निर्णय यू-टर्न हो। किनभने अमेरिकी रक्षा मन्त्रालयले लामो समयदेखि यी ट्याङ्कहरु युक्रेनी युद्ध क्षेत्रका लागि उपयुक्त नभएको भन्दै आएको छ।
तर अमेरिकाको यो निर्णयले पक्कै पनि परिवर्तन गरेको छ। र यो परिवर्तन जर्मनीले लिएको निर्णयमा देखिन्छ। युक्रेनका लागि अमेरिकाका पूर्व विशेष प्रतिनिधि रहेका कर्ट वाँकरका अनुसार बाइडेन प्रशासन को यो कदमले जर्मनीको लेपर्ड २ ट्याङ्क पठाउने फैसलाको मद्धत गर्नेछ।
युक्रेनका पश्चिमी सहयोगीहरु चाहान्छनकी अगामि ६ देखि ७ हप्तामा युक्रेनसँग रहेका बख्तरवन्द गाडिहरुको संख्यामा वृद्धिहोस् ताकि युक्रेन रुसी हमलाहरुको सामना गर्न सकोस्। तर अब्रामको युद्ध क्षेत्रसम्म पुग्नु र युक्रेनी सैनिकको यी गाडीहरुलाई चलाउन प्रशिक्षित हुनलाई केही समय लाग्छ।
एम१ अब्राम ट्याङ्की तुलनामा जर्मनीको लेपर्ड २ ट्याङ्क अपेक्षाकृतरुपमा धेरै चाँडो र सजिलोसँग युद्ध क्षेत्रमा प्रयोग गर्नसकिन्छ।अमेरिका र जर्मन अधिकारीहरुले सार्वजनिकरुपमा यी दुई विषयमा केही बोलेका छैनन्।
तर यी दुईदेशहरुले एकै दिन आफ्ना ट्याङ्कहरु युक्रेन पठाउने घोषणा गरेर पश्चिमी देशहरुबीच बढ्दो बिवादको प्रतिवाद गर्ने कोषिस गरेको छ।
प्रकाशित मितिः २०७९ माघ १२ बिहिबार
Comments