काठमाडौं । फुटबल महारथी जर्मनीलाई हराउँदै कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेको जापान कोस्टारिकासँग पराजित भएको छ । केसर फुलरले खेलको ८१ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ । यो नतिजासँगै समूह ई रोचक मोडमा पुगेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक रहेको छ । सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना खुला भएको छ । आज राति स्पेन र जर्मनीबीच खेल हुँदैछ ।
प्रकाशित मितिः २०७९ मंसिर ११ आइतबार
Comments