काठमाडौं । अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोली चलेको छ । गोली चलेपछि सबै उडानहरू स्थगित गरिएको र टर्मिनल खाली गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटना लगत्तै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । अभियुक्तको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
प्रकाशित मितिः २०७९ साउन २९ आइतबार
Comments