काठमाडौं । मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरिसकेको बताइन् ।
गम्भीर घाइते भएकाहरूलाई नोभोआजोव्स्क अस्पतालमा उपचार गरिरहेको पनि उनले जानकारी दिइन् । अन्यलाई चाहिँ ओलेनिव्का नामक शहरमा रहेको थुनाकेन्द्रमा राखिएको छ । युक्रेन सरकारले आत्मसमर्पण गर्ने सैनिकहरूको संख्या खुलाएको छैन ।
एम्नेस्टी इन्टरनेसनलले ती सैनिकहरूमाथि दुर्व्यवहार गर्न नहुने र तिनलाई अन्तर्राष्ट्रिय रेडक्रसमा पहुँच दिनुपर्ने आह्वान गरेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख ०५ बिहिबार
Comments