काठमाडौं । अमेरिकाले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका परिवारका सदस्यहरुलाई स्वदेश फर्कन निर्देशन दिएको छ । रसियाबाट कुनै पनि समय युक्रेनमा हुनसक्ने आक्रमणको संभावनालाई लिएर यो निर्देशन दिइएको हो ।
अमेरिकी विदेश विभागले दूतावासका अत्यावश्यक नरेहका अन्य कर्मचारीहरुले पनि युक्रेन छाड्न सक्ने बताउँदै युक्रेनमा वसोवास गर्दै आएका अन्य आफ्ना नागरिकलाई पनि स्वदेश फर्कने सम्बन्धमा तत्काल विचारविमर्श गर्न आग्रह गरेको छ ।
विभागले जारी गरेको विज्ञप्तिमा रसियाले युक्रेनविरुद्ध डरलाग्दो सैनिक कारवाही गर्ने योजना बनाइरहेको खबरहरु प्राप्त भइरहेको जनाइएको छ ।
रसियाले लामो समयदेखि युक्रेनमा हमला गर्ने आफ्नो मनशाय नरहेको बताउँदै आएको छ । त्यसैगरी अमेरिकाले हाल चर्किरहेको त्यस क्षेत्रको राजनीतिक तनावको कारण अमेरिकी नागरिकहरुमाथि अप्रिया घटना हुनसक्ने भएकाले आफना नागरिकलाई युक्रेन र रसियाको भ्रमण नगर्ने सल्लाह पनि दिएको छ ।
युक्रेनका सीमा क्षेत्रमा अझै पनि अत्याधुनिक हातहतियारले सुसज्जित एकलाख रुसी सैनिक तयारी अवस्थामा तैनाथ गरिएको छ । बीबीसी
प्रकाशित मितिः २०७८ माघ १० सोमबार
Comments