काठमाडौं । स्विडेनमा पहिलोपटक माग्डालेना अन्डेर्सन पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भइन् । स्विडेनका संसदले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगै नियुक्त भएकी उनले केही समयमा नै पदबाट राजीनामा दिएकी छिन् । पहिलो महिला प्रधानमन्त्री भएर किर्तिमान बनाएकी माग्दालिनाले शपथ खाएकै दिन राजीनामा दिएर अर्को किर्तिमान कमाएकी छिन् ।
संसदका कुल ३ सय ४९ जना सदस्य मध्ये उनले १ सय १७ मत पाएकी थिइन् । स्विडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार ५४ बर्षीया एन्डर्सन प्रधानमन्त्री भएकी थिइन् । इलाभेन्थ आवरमा गठबन्धन सरकार बनेको थियो । तर गठबन्धनमा रहेको ग्रिन्स पार्टीले बजेट पारित गर्नका लागि साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेतृ एन्डर्सनले राजीनामा दिएको बीबीसीले जनाएको छ । उनले तत्काल सभामुख समक्ष आफूले सोसल डेमोक्रेट को एकल सरकार बनाउनेभनदै पुनः प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेकी छिन् ।
सभामुखले भने संसदमा रहेका आठ वटै पार्टीसंग छलफल गरेपछि निर्णय लिने भएका छन् ।राजीनामा दिएपछि एन्डर्सन ले सन् २०२२ सेप्टेम्बरमा ह्ने आगामी निर्वाचनमा आफ्नो पार्टी सोसल डेमोक्रेटिकलेबहुमत ल्याउने र पुनः प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments