काठमाडौं । भारतीय वायुसेनाको एक प्रशिक्षण विमान मध्य प्रदेशको भिन्द जिल्लामा बिहीवार दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलट लेफ्टिनेन्ट अभिलाष सुरक्षित छन् र उनी सामान्य घाइते भएका छन्।
विमानमा एक जनामात्रै पाइलट रहेका थिए । जानकारी अनुसार उक्त विमान नियमित प्रशिक्षणमा उडाइएको थियो। दुर्घटनापछि वायु सेना, प्रहरी र प्रशासनको टीम घटनास्थलमा गएका थिए । विमान भूइमा घस्सिएको छ भने विमान दुई भागमा टुक्रिएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी राखिएको छ । सन् २०१६ देखि अहिलेसम्म भारतीय वायुसेनाका २७ वटा विमानहरू दुर्घटनामा परेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments