काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९३६ जना कोरोना संक्रमित थपिएका छन् । वर्ल्ड मिटरको पछिल्लो विवरणअनुसार १९ हजार ४५१ जना संक्रमणमुक्त हुँदा १९९ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा कुल संक्रमित ३ करोड ४१ लाख ८ हजार ३२३ मध्ये हालम्म ३ करोड ३४ लाख ७० हजार ६२१ जना निको भइसकेका छन् । ४ लाख ५२ हजार ६८४ जनाले ज्यान गुमाइसकेका भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८५ हजार १८ जना रहेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments