काठमाडौं । सिरियाको दमास्कसमा भएको बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजन स्रोतले जनाएको छ ।
दमास्कसको मध्य भागमा बुधबार सबेरै सडक छेउमा विस्फोट बम भएको थियो । मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ । हफेज अल असद पुलमा सैनिक सवार बस विस्फोटमा परेको र लगत्तै बसमा आगलागी भएको थियो । विस्फोटपछि तेस्रो बमलाई सेनाको इन्जिनियरिङ टोलीले निष्क्रिय पारेको थियो ।
यस वर्ष मात्रै सैन्य बहानलाई लक्षित गरी पूर्वी सिरियामा कैयौं हमला भएका छन् । उक्त क्षेत्र वरपरको मरुभूमिमा सक्रिय इस्लामिक स्टेटले ती हमला गरेको बताइन्छ ।
सन् २०११ देखि शुरु सिरियाली द्धन्द्धमा परी ३ लाख ५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै द्धन्द्धबाट झण्डै ५० प्रतिशत जनसंख्या विस्थापित हुन पुगेको छ । विस्थापितमध्ये ५० लाख मानिस विदेशमा शरणार्थीको रुपमा रहेका छन् ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments