काठमाडौं । अफगानिस्तानमा नियन्त्रण कायम गरेको एक महिनापछि तालिबानले देशको नयाँ सेना तयार पार्ने योजना सार्वजनिक गरेको छ ।
अहिलेको कामचलाउ सरकारमा चीफ अफ आर्मी स्टाफ रहेका कारी फसीउद्दीनका अनुसार, नयाँ अफगान सेनामा विगतको सरकारले बनाएका सैनिक पनि रहनेछन् । कारीले भने, ‘अफगानिस्तानबाहिर र भित्र आइलाग्ने खतराको सामना गर्न हाम्रो सेना तयार रहनेछ ।’
कारीले थपे, ‘पहिलेको सरकारले बनाएको सेनाका योग्य मानिसहरूलाई पनि नयाँ सेनामा राखिनेछ । उनीहरू सार्वजनिक भएर फेरि ड्युटीमा आउनुपर्छ ।’
अफगानिस्तानमा अहिले नियमित सेना छैन । शहरहरूमा र सीमाहरूमा तालिबानले आफ्ना लडाकू तैनाथ गराएको छ । उनीहरूले नयाँ र पुराना दुवैथरी हतियार छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments