काठमाडौं । हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले राजीनामा दिएका छन् । कार्यकालको एक बर्षमै जौथेले कुनै स्पष्टीकरण बिनै राजीनामा दिएका हुन् । जौथे गत २०२० को मार्चदेखि हाइटीका प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री जौथेले पहिले पनि राजीनामा पेश गर्ने प्रयास गरिसकेका थिए तर राष्ट्रपति जोनेल मोइसेले त्यसबेला अस्वीकार गरेका थिए। अस्थिरताकै बीचमा राष्ट्रपति मोइसले यही जुनमा संवैधानिक जनमत संग्रह गर्ने योजना बनाएका छन जसलाई आलोचकहरूले शक्ति सुदृढीकरण गर्ने प्रयास मानेका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिएसंगै राष्ट्रपति जोभेनेल मोइसेले विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथे दिएको राजीनामा स्वीकारेपछि क्लाउडलाई नियुक्ति दिएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments