काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।
बास्तोलालाई गैर कानुनी रुपमा हिरासमा राखिएको दाबी गर्दे दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्का र माथेमाको सयुक्त ईजलासले यस्तो आदेश दिएको हो ।
प्रकाशित मितिः २०७७ फागुन १० सोमबार
Comments