काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आइतबार विभिन्न कार्यक्रम गर्ने भएको छ । नेकपाको दाहाल-नेपाल समूह निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ। माघ ९ गते हुने जनप्रदर्शनको तयारी स्वरुप यस समूहले आज कार्यक्रम गर्ने भएको हो । दाहाल–नेपाल समूहले माघ ९ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने तयारी गरेको छ । त्यसैको तयारी स्वरुप आज देशैभर विभिन्न बैठक तथा कार्यक्रमहरुको आयोजना गरेको हो ।
राजधानीको तिनकुनेस्थित एक बैंक्वेट र प्रज्ञा भवन कमलादीमा हुने दुवै कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तय भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम गरिरहेको नेकपा दाहाल–नेपाल समूहले माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभा सहितका कार्यक्रम गर्ने जनाएको छ ।
प्रकाशित मितिः २०७७ माघ ४ आइतबार
Comments