काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार उनी केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटेका हुन् ।
स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित हो । तर प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका कारण यो भेटलाई महत्वपूर्ण मानिएको छ । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments