काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेपछि उनले आज पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए। जसमा तीनजना नयाँ मन्त्रीहरू थपिएका थिए । दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
Comments