काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर समूहले विरोधपत्र दर्ता गरेको छ।
आउँदो १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले पछिल्ला सयम गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै इतर समूहले विरोपत्र दर्ता गरेको हो।
विरोध पत्रमा क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, २८ जिल्लामा अझै फारम समेत वितरण नगरिएको, महाधिवेशन नजिकिँदा पनि पार्टी समायोजनको काम नटुंग्याएको, विधानले तोकेको समय घर्केपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग र शुभेच्छुक संस्थामा मनोनीत गरेको विषय समेटिएको छ।
पौडेल पक्षले सभापति देउवाले आउँदो १४ औँ महाधिवेशनको परिणामलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ। यसअघि गत साउनमा पनि पौडेल र सिटौला समूहले देउवालाई लिखित भेटेरै ध्यानाकर्षणपत्र बुझाएका थिए।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments