काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद प्रकाश स्नेही रसाइलीलाई माइक्रोबसको ठक्करबाट घाइते भएका छन् ।
सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कूटरलाई बा २ ख ९८१० नम्बरको फोर्स माइक्रोबसले ठक्कर दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
घाइते सांसद रसाइलीको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments