काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला सेक्रेटरीसहित १० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विप्लवका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन् ।
उनीहरुलाई बुटवलमा रहेर सरकारद्वारा प्रतिबन्धित गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार
Comments